राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

 न्यूज विराट
राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

विराटनगर, १५ साउन । पछिललो समय विराटनगरमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि यस वर्ष पनि राधाकृष्ण रथयात्रा सामान्यरुपमा निकालिने भएको छ । कोरोना संक्रमण फैलिने जोखिमका कारण विगत जस्तो तामझामसहित रथयात्रा ननिकालिने भएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा भीडसहितको रथयात्रा ननिकालिने निर्णय भएको हो । रथयात्रामा विराटनगरमा लाग्ने लाखौंको भीडका कारण कोरोना संक्रमण फैलिने जोखिमका कारण विशाल रथयात्रा प्रशासनले निकाल्न नदिने भएको हो ।

सो छफफलमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ एसपी शान्तिराज कोइराला, सशस्त्र एसपी राजकुमार लामिछाने र श्रीराधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीलगायतको सहभागीता थियो ।

विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने परम्परा छ । एसियाकै दोश्रो ठूलो मानिने रथयात्राको भदौ ४ गते आयोजना हुनेछ ।

गत वर्ष पनि कोरोना महामारीकै कारण राधाकृष्णको मूर्ति राखिएको खटलाई मिनीट्रकमा हालेर कतै नरोकी बजार परिक्रम गराइएको थियो । मन्दिरका अध्यक्ष रेग्मीले कोरोना संक्रमण बढीरहेका कारण मोरङ प्रशासनले भीडभाड नगरि स्वास्थ्य मापदण्ड पालना गर्दै सामान्य रुपले निकाल्न भनेको बताए ।

उनले आफुहरु सरकारले दिने निर्देशन उल्लंघन गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष रेग्मीले प्रशासनले डोरी तानेर रथ संचालन गर्न दिए सोही बमोजिम गर्ने नत्र गत वर्षझैँ हुने जानकारी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सामान्य विधि पपुर्याएर रथयात्रा मनाउर्नेशन दिइएको बताए ।

सम्बन्धित समाचार

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई 

काठमाडौं, १३ साउन-२ अध्यक्षबीच छलफल भएपछि मात्र नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । बालुवाटार भेलाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न जिम्मा दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले...

कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका...

अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् ।  पार्टी कार्यालय धुम्बाराहीमा बैठक...

पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

पारिश्रमिक नपाएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी...

विराटनगरका दुईसहित प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

विराटनगर, ५ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ र बुधबार विहान गरि थप सात जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्