आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका भूकम्पविद् भरत काेइरालाले खाेटाङ केन्द्रबिन्दु भएर गएकाे ६ रेक्टर स्केलकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन नभइ नयाँ भूकम्प रहेकाे जानकारी दिए ।
उनका अनुसार याे नयाँ भूकम्पकाे केन्द्रबिन्दु खाेटाङकाे मार्तिमबिर्ता हाे । विनाशकारी महाभूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प गइरहने विज्ञहरू बताउँछन् । पछिल्लाेपटक ९ साउनमा सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर गएकाे ४.७ म्याग्निच्युडको भूकम्प भने ७२ सालकै महाभूकम्पकाे पराकम्पन थियाे ।
आजकाे भूकम्पले पुर्याएकाे क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय खाेटाङले भूकम्पले दुई पटक हल्लाए पनि क्षतिकाे कुनै विवरण प्राप्त नभएकाे जनाएकाे छ ।