उद्यमीहरुले निर्यात वढाउन ध्यान केन्द्रीत गर्नुपर्छ– मन्त्री वडू

 न्यूज विराट
उद्यमीहरुले निर्यात वढाउन ध्यान केन्द्रीत गर्नुपर्छ– मन्त्री वडू

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद वडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीहरुले आद्योगिक उत्पादनको निर्यात वढाउन लाग्नु पर्ने बताउनु भएको छ।
मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उहाँले बर्तमान सरकार आयात प्रतिस्थापना गर्नका लागि निजी क्षेत्रका उद्यमीहरुले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकोले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री वडूले सरकारले यस वर्षको वजेटमा निर्यात गर्ने उद्योगहरुलाई नगद अनुदान र विद्युत महशुलमा छुट दिएको स्मरण गराउँदै सरकारले उद्योग स्थापनामा सहज पु¥याउनका लागि एकविन्दु सेवा अवधारणा ल्याएको जानकारी दिनु भयो ।
उहाँले एैतिहासिक, राजनीतिक जागरणको रुपमा रहेको विराटनगर जुट मिल सञ्चालनका सम्वन्धमा आवश्यक मोडालिटिको अन्तिम तयारीमा रहेको बताउनु भयो ।
मन्त्री वडूले सरकार उद्योगीको समस्याप्रति गम्भिर रहेको छ भन्दै ध्यू तेल, वायर सम्वन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाउनु भयो ।
उहाँले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि वजेट विनियोजन भएको छ भन्दै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भै आर्थिक चलायमान हुने धारणा राख्नु भयो ।
मन्त्री वडूले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्यका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताउनु भयो ।
उहाँले भारतको वथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआव्जा सम्वन्धि विवाद अविलम्व समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा वचत हुनुका साथै यस क्षेत्रको आद्योगिककरणमा सघाउ पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्गो रेल्वे सञ्चालन, औद्यागिक ग्राम निर्माण र औद्योगिक प्रदर्शनी स्थल निर्माणका सम्वन्धमा ध्यानाकर्षण गराउनु भएको थियो ।
सङ्घका अध्यक्ष नविन रिजाल, उपाध्यक्ष विकास वागवानी, पूर्वअध्यक्षहरु ताराचन्द खेतान, पवन शारडा, जिगदीशप्रसाद अग्रवाल ,अनिल साह र अमित राठीले तस्करी नियन्त्रण गर्नुपर्ने,वायर उद्योगको कर समस्या समाधान हुनुपर्ने, गहुँ आयात, ध्यूतेल उद्योगका समस्या सम्वन्धमा ध्यानाकर्षण गराउनु भएको थियो ।(फोटो उपलव्ध छ)–––

 

 

 

सम्बन्धित समाचार

प्याब्सन प्रेसिडेन्ट कपमा सनरे स्कुल छनोट

विराटनगर । प्याब्सन प्रेसिडेन्ट कप यू – १५ फुटबल प्रतियोगितामा मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोडिङ स्कुल छनौट भएको छ ।नगर स्तरीय छनोट चरणमा बालदेवदुत बोर्डिङ स्कुललाई पेलान्टी सुटआउटमा २–१ गोलले हराउँदै सनरे...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले ट्युबवेल चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यालयले बुधबार मण्डललाई ट्युबवेल चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले...

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू

जनकपुर, ७ साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्