ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

 न्यूज विराट
ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् ।

बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताए ।

उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढंगले गर्नसमेत निर्देशन दिए । कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए ।

कार्यक्रममा प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश१ सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरुका लागि उदाहरणीय हुनुपर्ने बताए । समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली

विराटनगर, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ । आज नेकपा प्रचार–प्रसार कमिटी र राष्ट्रिय युवा संघको अगुवाइमा मोटरसाइकल र्याली निकालिएको हो । विराटनगर पञ्चालीस्थित पार्टी कार्यालयबाट...

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा तिम्सिना विजयी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल ईकाईमा आज सम्पन्न निर्वाचनबाट कमला तिम्सिना सभापतिमा निर्वाचित हुनुभएको छ । ७ सदस्यीय कार्यसमितिका लागि सभापतिमा दुईजनाको उम्मेदवारी परेको थियो । जसमा तिम्सिनाले २७ र अर्का प्रत्यासी दिपेन्द्र...

‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको...

अन्तर विद्यालय पौडी प्रतियोगिता, एभरेष्टले जित्यो १७ स्वर्ण

विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण जितेको छ । एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो...

आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : आधारभूत वर्गको हितमा काम गर्नूस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी...

विराटनगरको हिमालय दर्शन कलेजमा ‘इन्डक्सन सेसन’, विद्यार्थीले लिन्छन चार दिनसम्म कक्ष

विराटनगर । विराटनगर(९ स्थीत हिमालय दर्शन कलेजले भर्ना भएका विद्यार्थीहरुलाई ‘इन्डक्सन सेसन’ सुरु गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरी चार दिने इन्डक्सन सेसन सुरु गरेको हो ।कार्यक्रममा कलेजको बारेमा अभिमुखिकरण पनि गराएको...

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्