विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ सुरु,

 न्यूज विराट
विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ सुरु,

विराटनगर, ३१ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ विराटनरमा सुरु भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड फेयर यस वर्ष पनि भव्यरुपमा सुरु भएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष आयोजना गर्दै आएको रोटरी ट्रेड फेयर गत वर्ष कोरोना महामारीका कारण हुन सकेको थिएन । तर, यसवर्ष शुक्रबारदेखिसम्म दुई दिन सयौँ महिलाहरुको उत्साहजनक सहभागितामा ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सुरु भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

उनले डाउनटाउनले ‘रोटरी ट्रेड फेयर विगत १४ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको बताइन् । यस वर्षको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ को उद्घाटन् समाजसेवी वरिष्ठ रोटरियन बेनिगोपाल मुदण्डाले रिवन काटेर उद्घाटन गरे । रोटरी ट्रेड फेयरमा महिलाहरुलेनै उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, गरगहना, घर सजावटका सामाग्रीहरु र विभिन्न मिठा–मिठा परिकार भएका खानाकासहित ३२ वटा स्टलहरु राखिएका छन् ।

रोटरी ट्रेड फेयरमा घुम्न र अवलोकन गर्न आउनेहरुका लागि सांगीतिक कार्यक्रम (कन्सर्ट) समेत राखिएको छ । सो मेलाको पहिलो दिन भारतको सिलिगुडी, जोगवनीसहित सीमावर्ती भारतीय गाउँहरु, विराटनगर, धरान, इटहरीसहित विभिन्न स्थानबाट आएका हजारौँले अवलोकनका गरिरहेको क्लबकी सचिव नमिता टिवडेवालले जानकारी दिइन् ।

रोटरी क्लब अफ विराटनगरले सो मेलाबाट आउने आम्दानीलाई सामाजिक कार्यमा खर्च गर्ने गरेको छ । उक्त आम्दानीलाई महिला शसक्तिकरणका लागि उपयोग गरिने क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले बताइन् ।

सम्बन्धित समाचार

अटोमोवाइल व्यवसायलाई थप व्यवस्थित र प्रवद्र्धन गर्न माग

विराटनगर । अटोमोवाइल व्यवसायलाई थप व्यवस्थित र प्रवद्र्धन गर्न सरकारसँग व्यवसायीहरुले माग गरेका छन् ।विराटनगरमा शनिबार भएको मोरङ अटोमोवाइल डिलर्स एसोसिएशनको १३ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनको उद्घाटन शत्रमा व्यवसायीहरुले यस्तो बताएका हुन्...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...

‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को...

‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज...

बराक ओबामासहित प्रतिष्ठित व्यक्तिको एकाउन्ट ह्याकिङको अनुसन्धान गर्दै ट्विटर

एजेन्सी, साउन १-विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्