कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

 न्यूज विराट
कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

विराटनगर । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको बेलवारी नगरपालीका –६ र र ग्रामथान गाउँपालिका–३ मा आयोजना गरेको समूदायमा सरकारी वकिल कार्यक्रममा सहभागीहरुले घरपरिवार, छरछिमेक र समाजबाट आफुमाथी हिंसा र दुव्र्यवहार हुँदा , कुटपिट, ठगिमा पर्दा ,झुटा आरोप लाग्दा, अंश नपाउँदापनि कानूनि न्यायकालागि लड्ने स्थान र प्रकृया थाहा नपाउँदा अन्याय सहेर बस्नु परेको गुनासो पोखेका छन् । सहभागी स्थानियवासीहरुले कानूनि उपचार खोज्न कहाँ जाने, कसरी उजुरी दिने, मुद्दा मामिला गर्दा झन्झटिलो हुन्छ भनेर गाउँघरमा भन्ने गरेका कारण न्यायकालागि आफुहरु लड्न नसकि अन्याय सहेर बस्नुपरिरहेको पिडा व्यक्त गरेका थिए ।

उनिहरुले समाजमा महिलामाथी हिंसा, बलत्कार, दुव्र्यवहार जस्ता घटना हुँदासमेत गाउँ समाजमा बदनाम हुने डरले न्यायकालागि लड्न पिडितहरुले नसकिरहेकोले न्यायकालागि कानूनि उपायका वारे जानकारी गराउन आग्रह गरेका थिए ।

सहभागीहरुको प्रश्नको कानूनि उपचारको विधि र प्रकृयाका वारेमा जानकारी दिंदै उच्च अदालत सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख सहन्यायधिवक्ता कोषहरी निरौलाले महिला हिंसा,बलत्कार,दुव्र्यवहार जस्ता जघन्य अपराध हुँदा प्रहरी प्रशासनमा उजुरी दिन सकिने र त्यस्ता मुद्दाको वहस पैरवी सरकारी वकिलबाटै हुने र कुनै खर्च नलाग्ने जानकारी गराएका थिए । उनले गाउँ समाजमा हुने घटनाहरुलाई कसैलेपनि गुम्स्याएर राख्ने भन्दा कानूनि उपचार खोज्न आग्रह गर्दै अपराधिलाई कानूनि दायरामा ल्याउन समाजका सबै नागरिकको कर्तब्य भएको बताए ।

त्यस्तै उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायधिवक्ता भोलानाथ निरौला र पदमप्रसाद वस्ती तथा सहायक न्यायधिवक्ता मदन न्यौपानेले महिला हिंसा, बलत्कार, दुव्र्यवहार , कुटपिट, ठगि , हत्या जस्ता विषय फौजदारी न्यायसँग सम्बन्धित भएकोले प्रहरी प्रशासनमा निवेदन दिई घटनाको जानकारी गराई कानूनि उपचार खोज्नु पर्ने र अंश लगायतका विषयहरु देवानी न्यायसँग सम्बन्धित हुने भएकोले जिल्ला अदालतमा मुद्दा दिएर न्याय लिन सकिने जानकारी दिएका थिए । उनिहरुले देवानी प्रकृतिका केहि विषय अहिले स्थानिय पालिकाहरुमा रहेको न्यायिक समितिबाटै न्यायनिरुपण हुने र त्यहाँबाट समाधान हुन नसके अदालतमा न्यायकालागि मुद्दा दिन पाइने व्यवस्था रहेको समेत जानकारी दिएका थिए ।

कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुले स्थानिय तहमा रहेको सिमित न्यायिक क्षेत्राधिकारलाई अझ विस्तार गरि जनताको घरदैलोमा पु¥याई छिटो छरितो न्याय सेवा दिएको अनुभूति दिलाउन सहकार्यको खाँचो रहेको बताए । उनले कानूनि उपचारका विषयमा जानकारी दिई सबैलाई न्यायको पहुँचमा ल्याउन यस किसिमको कार्यक्रम फलदायी हुने भएकोले आउने दिनमापनि यस्ता कार्यक्रम गर्न आग्रह गरेका थिए ।

त्यस्तै वेलवारी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष टेक बहादुर राईले यस किसिमका कार्यक्रमबाट गाउँघरमा कानूनि साक्षरता र सचेतना अभिबृद्धि गरि कानूनि समस्याहरु समाधान र पिडितहरुलाई न्याय प्राप्तिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी डम्बर राईले न्यायको पहुँचमा पुग्न नसकेका पिडितहरुलाई यस किसिमका कानूनि जागरण गराउने कार्यक्रमहरुले न्याय दिन र पिडकलाई कानूनी दायरामा ल्याई सजाय दिलाउन मद्दत पुग्ने विश्वास लिंदै आउँदा दिनमा यस किसिमका कार्यक्रमको संख्या थप गरेर कुना काप्चामा पुग्न कार्यालयलाई सुझाव दिएका थिए ।

कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका अन्य वडावासीहरुको समेत उपस्थिति रहेको थियो । उच्च सरकारी वकिल कार्यालय विराटनगरले न्यायमा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम केहि वर्षदेखि आफ्नो कार्यक्षेत्रमा गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

भाषण गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसिसी खारेजको माग...

मध्यराती क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित भेटिए

बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...

मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...

सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...

सबैको रोजाइमा परेको शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड लागेको छ । विज्ञान संकायको लागि सोमबार कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरुको भिड लागेको हो । सक्षम नेतृत्व, कुशल...

अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

काठमाडाैं, ३२ जेठ-वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।  सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्