संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

 न्यूज विराट
संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

विराटनगर, २१ असार । संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा चार जनालाई जिल्ला अखालत संखुवासभाले आजीवन कारावासको सजाय भएको फैसला सुनाएको हो ।

घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोराद्वय २७ वर्षीय लोकबहादुर र १७ वर्षीय छोरा नरेश कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अदालतले पक्राउ परेका खड्ग, हस्तबहादुर, रणबहादुर र लोकबहादुरलाई आजीवन कारावासको सजायको फैसला गरेको हो ।

त्यसैगरी, हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई भने २५ वर्षको दुईतिहाइ कारावासको फैसला छ । उनले १६ वर्ष केही महिना कारावास बस्नुपर्ने हुन्छ ।

२१ भदौ २०७८ मा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपीन र नातिनी गोमाको निर्मम हत्या भएको थियो ।

सम्बन्धित समाचार

राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको 'महानायक' उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् । दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए ।...

उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

विराटनगर, २३ माघ । प्रदेश १ का नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका...

आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ३१ वैशाख -बुधवार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ । जसमा कैलालीको भजनीका ८, आइसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्तीसमेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा...

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड

विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गरेर जाने खेलाडीहरुले अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा शुक्रबार भएको १० औँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्