चिकित्सकलाई कारबाहीका लागि कोशी अस्पतालले काट्यो पत्र

 न्यूज विराट
चिकित्सकलाई कारबाहीका लागि कोशी अस्पतालले काट्यो पत्र

विराटनगर, २० असार । समयमा चिकित्सक नभेटिएपछि कोशी अस्पतालले कारबाहीकाे लागि पत्र काटेको छ। अस्पतालमा निर्धारित समयमा समेत बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासोसँगै अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले प्रशासन कार्यालय गुहारेका छन्।

सरकारी अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय क्रियाशील रूपमा देखिएका डा. खरेलले जिल्ला प्रशासन कार्यालय मोरङलाई आइतबार पत्र बुझाउँदै कारबाहीकाे माग गरेका हुन्।

उनले कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखेर अस्पतालबाहिर निजी क्लिनिक सञ्चालनदेखि उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका हुन्।

उनले यस विषयको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई समेत गरेका छन्। सर्वसाधारणको उपचारमा अत्यधिक भीडभाड हुने अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी सेवासमयमा समेत बाहिर भेटिन थालेपछि जनगुनासो बढ्दै गएको हो।

सम्बन्धित समाचार

लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

विराटनगर । लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको...

संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह

काठमाडौं, ३ असोज-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् । केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठक २५ गते

काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको...

एसईईमा नक्कली प्रशिक्षार्थी प्रकरण : संचालकलाई २ लाख परीक्षार्थीलाई जनही ४० हजार धरौटि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सलटेन्सी संचालकलाई धरौटिमा छाडन मोरङ अदालतले आदेश गरेको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटिमा र नावलकहरुको हकमा भने अभिभावलाई जिम्मा...

बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

विराटनगर, माघ २६–खानेपानी अभावकै कारण पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्र्ने क्रम बढेपछि पूर्वी पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टबाट खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न स्थानीय नदीबाट लिफ्टिङ...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्