विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

 न्यूज विराट
विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारले घर छाड्नुपर्ने अवस्था आएको हो ।

विस्थापित बनेका ६ हजार ७ सय १७ जनालाई विद्यालय, सार्वजनिक स्थल, सामुदायिक भवन समेतमा अस्थायी बसोबासको व्यवस्था मिलाएर राखिएको उहाको भनाइ छ । विस्थापितमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाका छन् । महानगरपालिकाको पनि सिंघिया र केशलिया खोला आसपासमा बसोबास गर्दै आएका सुकुम्बासी बढी प्रभावित बनेको जानकारी दाहालले दिए । उनका अनुसार विस्थापित हुनेहरु विराटनगरसहित जहदा, कटहरी, धनपालथान, ग्रामथान र बूढीगंगा गाउँपालिका तथा रंगेली नगरपालिकाका छन् ।

भीषण वर्षा हुँदा मोरङका अधिकांश स्थान डुबानमा परेपछि मंगलबार र बुधबार ठूलो संख्यामा सर्वसाधारण विस्थापित बन्नुपर्ने अवस्था आएको छ । बाढीले घरमा क्षति गरेपछि र घर डुबानमा परेपछि बस्नसक्ने अवस्था नभएर सर्वसाधारण विस्थापित बनेको जानकारी प्रजिअ दाहालले दिनुभयो ।

बुधबार साँझदेखि भने वर्षा रोकिएर जनजीवन सामान्य बन्दै गइरहेको छ । डुबान क्षेत्रमा पानीको सतह घट्दै गइरहेको छ । वर्षा रोकिएसँगै अवस्था सामान्य बनेर डुबानमा परेका स्थानमा पानी कम हुँदै गएपछि विस्थापितहरु आ–आफ्नो घरतिर फर्कने तयारीमा रहेको उहाँले बताउनु भयो ।

‘डुबान भएका क्षेत्रमा चार फिटसम्म पानी जमेको थियो । अहिले पानीको सतह घट्दै गएर डुबानमुक्त भएपछि विस्थापितहरु आफ्नै घर फर्कने तयारी गर्दै छन्,’ प्रजिअ दाहालले भन्नुभयो, ‘केही परिवार भने फर्किसकेका छन् । वर्षा रोकिएकाले अवस्था सामान्य बन्दै गइरहेको छ ।’

 

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा

बुटवल, १० जेठ-भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी गोपाल अग्रवाललाई प्रथम उपाध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा प्रथम उपाध्यक्षमा चयन भएका हुन्...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

भन्सार नाप जाँच भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशङ्का

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्