प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित

 न्यूज विराट
प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित

विराटनगर, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले प्रदेश १ मा सयौँ परिवार विस्थापित भएका छन् । हालसम्म बाढीका कारण दुई हजार सात सय ३४ जना विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण आएको बाढीले मोरङमा ३ सय ६७ घरका १ हजार तीन सय ६८ जना, सुनसरीमा ५४ घरका दुई सय चार जना र झापामा १ सय ३९ घरका १ हजार १ सय ६२ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नवीनराज राईले जानकारी दिए ।

बाढीबाट विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । प्रहरी उपरीक्षक राईका अनुसार बाढीले बगाएर हालसम्म एकजनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण प्रदेश १ विभिन्न १३ स्थानमा सडक अवरुद्धद्ध भएको छ ।

उदयपुरको चौदण्डी गढी, खोटाङको हलेसी तुवाचुुङस्थित मध्यपहाडी लोकमार्ग, सुनसरीको दुहवी, पाँचथरको मिक्लाजुङ, मोरङ ग्रामथान, रंगेली, कानेपोखरी, ओखलढुंगाको सिद्धिचरण राजमार्ग, धनकुटाको मुलघाटस्थित भित्री सडक बाढीपहिरोका कारण अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अवरुद्ध सडकहरु सुचारु गराउने प्रयास जारी रहेको प्रवक्ता राईले बताए । बाढीका कारण थप धनजनाको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

प्रदेश १ का तीन जिल्लाबाट सडकआश्रित दुई सय ५३ जनाको उद्धार

विराटनगर, ११ पुस-प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस...

शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्रतियोगिताको...

कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी...

पानी परेपछि रोकियो नेपाल – भारतको खेल, कटायो नेपालले १७७ रन

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १७७ रन पूरा गरेको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ३८ रनमा खेल्दैछन्...

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : गगन थापा

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् । सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ ।समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।विराट राजवंशीको पहिरन,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्