आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ ।

सम्बन्धित समाचार

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

आज प्रदेश १ र बागमतीमा भारी वर्षा हुने, अरु कुन-कुन ठाउँमा पर्दै छ पानी ?

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध...

‘नेपाल रत्न’ पाउनेलाई मन्त्रीसरह सुविधा

काठमाडौं, फागुन २२–सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ। नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्