काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गण्डकी प्रदेशमा मनसुनी वायुको अलि बढी नै प्रभाव रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । अन्य दिनको तुलनामा आज र भोलि अलि धेरै पानी पर्ने देखिएकाले बाढीरपहिरोको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
देशका ६ वटा प्रदेशमा मनसुन फैलिएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा हिजोदेखि मनसुन फैलिएको र अब बिस्तारै सक्रिय हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब सुदूरपश्चिम प्रदेशमा मात्रै मनसुनी बायु पुग्न बाँकी छ । सुदूरपश्चिममा एकरदुई दिन भित्रै मनसुनी वायु पुगेर सक्रिय हुने अनुमान छ ।
नेपालमा गएको जेठ २२ गते प्रदेश-१ बाट मनसुन भित्रिएको थियो । त्यसको झण्डै तीनहप्तापछि लुम्बिनी र कर्णालीमा मनसुन सक्रिय भएको हो । मधेस प्रदेश, वाग्मती र गण्डकीमा जेठ २६ गते मनसुन फैलिएको थियो । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।