‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

 न्यूज विराट
‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ।

महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर भन्ने लक्ष्य प्राप्तिका लागि शहरी पूर्वाधारहरुको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणको विकास गरी नगरवासीहरुको जीवनमा गुणात्मक सुधार गर्नु,लैङ्गिक तथा सामाजिक समावेशीकरणको विकास गर्नु, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु, कृषि, पशु, सहकारी , रोजगारी र पर्यटनको विकास गरी आर्थिक वृद्धि गर्न सहयोग पु¥याउनु रहेको छ।

यस्तै पिछडिएको वर्ग तथा समुदायको लागि सामािजक न्याय सहितको आर्थिक विकास गर्नु, वन तथा वातावरण संरक्षण गर्नु र विपद् व्यवस्थापनलाई सक्षम र प्रभावकारी बनाउनु र विभिन्न समुदायको भाषा, कला, साहित्य तथा संस्कृकिलाई प्रवद्र्धन गर्नु उद्देश्य रहको छ ।

महानगरपालिकाकाले नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाका मुख्य प्राथमिकताका साथ तोकिएका क्षेत्रहरुमध्ये शहरी पूवाधारहरुको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषण, अधुरा आयोजनाहरुको कार्यान्वयन, सडक, ढलहरुको मर्मत सम्भार,फोहोरमैलाको दिगो व्यवस्थापन, विपद् व्यवस्थापन तथा डुबान नियन्त्रण, अव्यवस्थित बसोवास व्यवस्थापन तथा वस्ती विकास कार्यक्रम रहेका छन् ।

यस्तै अन्य कार्यक्रमहरुमा युवा तथा खेलकूद विकास, अपाङता रोकथाम तथा पुनस्र्थापना, धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन सहितको पर्यटन विकास, रोजगार , आय तथा उत्पादन वृद्धि र भवन निर्माण इजाजत अनलाईन सफटवेयर प्रणाली अवलम्वन गर्नु रहेको छ।

कृषि
कृषकहरुलाई धान गहुँ, मकैको गुणस्तरीय बीउमा ५० प्रतिशत अनुदान, कौशी तरकारी खेती,शहरी कृषि करेसाबारी कार्यक्रम प्रवद्र्धन गर्ने,कृषि उपजको बजारीकरणलाई सहजीकरण र नियमन गरिने, खाद्य लगायत कृषि उत्पादनमा आत्मनिर्भरता लागि प्रविधियुक्त व्यवसायिक खेती प्रणाली र बेमौसमी तरकारी खेती उत्पादन वृद्धि प्रोत्साहन गर्नु रहेको छ।

पर्यटन
सार्वजनिक–निजी साझेदारीमा महानगरपालिकाको पर्यटन गुरुयोजना कार्यान्वलयनमा ल्याइने छ, सामुदायिक पार्क निर्माणमा प्राथमिकता दिने छ, पर्यटन उद्योग लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने,ऐतिहासिक र पुरातात्विक विराट राजाको दरवार रहेको वडा नं १८ स्थित भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रको विकास गर्ने, विराटनगरलाई विश्वभर चिनाउन र पर्यटन प्रवद्र्धन गर्न ल्याण्डमार्कको पहिचान गरी निर्माण गरिने छ।

उद्यमशीलता, उद्योग र रोजगार
युवा उद्यमशीला विकासको लागि मागमा आधारित सीप विकास तालीम सञ्चालन गरिने,लघु, घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनमा सहजीकरण गर्न औद्योगिक ग्राम स्थापना गरिने,प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिको विकास निर्माणलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिने ।

सामाजिक विकास क्षेत्र
‘छोरी बचाऊ, छोरी पढाउ कार्यक्रमलाई निरन्तरता,गर्भवती तथा सुत्केरी महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई अस्पतालसम्म सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने,महानगरपालिकाको उपयुक्त स्थानहरुमा स्तनपान कक्षको निर्माण गरिने,प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तरोत्रती गरी १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने, महानगरक्षेत्र भित्र मेट्रो सिटी अस्पताल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने र ६५ वर्ष माथिका ज्येष्ठ नागरिहरुको स्वास्थ्य बिमा गरिनेछ ।

शिक्षा
प्राविधिक शिक्षामा लक्षित वर्गको पहुँच वृद्धि गरी प्रविधिमा आधारित गुणस्तरीय जीवन उपयोगी शिक्षामा जोड दिने ,सबै बालवालिकालाई विद्यालयमा शतप्रतिशत भर्ना हुने व्यवस्था मिलाई अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चित गरिने,आदर्श माध्यमिक विद्यालयलिाई अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा सिकाई बातावरणको व्यवस्था मिलाइने ,एक वडा एक नेतृत्व विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने,महानगर बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि विशेष अनुदानको व्यवस्था गरिने छ ।

ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिकमा रहेका अनुभव ज्ञान, सीपलाई अन्तरपुस्तामा हस्तान्तरण गर्ने परिपाटीको सुरुवात गरिने,अलपत्र परेका ज्येष्ठ नागरिकहरुलाई प्रत्यक्ष सहयोग पु¥याउने खालका कार्यक्रमहरु सञ्चाालन गरिने, हिंसा र दुव्र्यवहार विरुद्ध शून्य सहनशीलताको नीति लिने, ज्येष्ठ नागरिक दिवस, नागरिक प्स्तकालय , दिवासेवा केन्द्र, भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरिने छ।

गैर सरकारी संस्था तथा सामुदायिक विकास
सबै सुकम्वासीहरुको तथ्याङक सङ्कलन गरी महानगर सुकुम्वासी परिवार परिचय पत्र जारी गरिने,नगर क्षेत्रभित्र भएका सवै धार्मिक आस्थाका केन्द्रहरुको पाश्र्वचित्र र वृत्तचित्र तयार गरिने,महानगर वडा नं ५ वा ६ मा आधुनिक तथा सुविधा सम्पत्र अन्त्येष्टि स्थलको रुपमा विकास निर्माण तथा संचालन गरिने ,वडा नं १ वा ७ मा रहेको घाटमा विद्युतीय अन्त्येष्टि शवदाह गृह साझेदारीमा निर्माण गरिने,कला संस्कृति , नाटकको एकेडमीको रुपमा विकास गर्न आरोहण गुरुकुललाई सहयोग गरी सञ्चालन गरिने,विरटनगरबाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्री हुनु भएकाहरुको सम्मानमा उहाँहरुको अभिलेखहरु सहितको मिनी संग्राहलय , एक प्रधानमन्त्री पार्क निर्माण गरिने, ‘जसको कोही छैन त्यसको साथमा स्थानीय सरकार छ’ भन्ने सोचका साथ शवबाहन र निःशुल्क दाउराको व्यवस्था गरी बेवारिशे शव घाटसम्म पु¥याउने र अन्त्येष्टि गरिने छ ।

पूर्वाधार विकास क्षेत्र
महानगर आवास कार्यक्रम अन्तर्गत वडा न वडा नं १९,५ र १२ को परियाजनालाई निरन्तरता दिइने ,खोलाको छेउमा बस्ने सुकुम्वासी परिवारलाई महानगर आवास कार्यक्रम अन्तर्गत एकीकृत आवास कार्यक्रम सञ्चालन गरिने, सिंघिया र केशशिला खोलाको छेउवाट हरियाली प्रवद्र्धन सहितको करिडोर सडक निर्माण गर्ने,‘एक वडा एक पार्क’ को अवधारण अनुरुप सम्भावित स्थलको अध्ययन एवं डिजाइन गरी व्यायामशाला स्थल सहितको एउटा पार्कको निर्माण गरिने, पार्र्किङको दीर्घकालिन समाधान लागि नमूना स्मार्ट पार्क स्थल निर्माण एवं व्यवस्थापन गरिने छ।

पूर्वधार विकास क्षेत्र
महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम, स्मार्ट सिटी, नगर विकास, फोहरमैला, व्यवस्थापन लगायतका पूर्वाधार परियोजना निजी क्षेत्रको सहभागितामा अघि वढाउने, विराटनगरलाई प्रादेशकि राजधानीका रुपमा विकास गर्ने बमोजिम विधिध क्षेत्रगत गुरुयोजना सहितको आयोजना बैंक तयार गरिने छ।

यसैगरी विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, हवाई मैदान विस्तार, रिङ्गरोड, वाईपास सडक, रंगशाला, संग्राहलय योजनाहरुहरु सहयोगी र साझेदार संस्थाहरुको सहयोगमा कार्यान्वयनमा पहल गर्ने,दिगो र भरपर्दो रुपमा फोहेर पानी प्रशोधन केन्द्र र ढल प्रणाली सञ्चालत गर्दै लगिने ,पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री, बालमैत्री र अपाङ्ग मैत्री अवधारण अंगीकार गरिने,नगरका महत्वपूर्ण स्थानहरुमा सार्ववजनकि शौचालय र शुद्ध पिउने पानीको प्रवन्ध गरिने छ ।

वन वातावरण तथा सरसफाई
फोहरमैला व्यवस्थापनका लागि अन्तिम विसर्जन स्थलको व्यवस्थापन आधुनिक प्रविधिवाट गर्न विकास साझेदारहरुसँग सहकार्य गरिने, घरघरवाट निस्कने जैविक फोहरलाई कम्पोष्ट मल बनाउने विधिलाई अवलम्वन गरिनेछ,निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाको साझेदारीमा सडक छेउ, खोला किनाराहरु एवं खाली जग्गामा वृक्षारोपण,हरियाली पार्क निर्माण विशेष कार्यक्रम सञ्चालन गर्ने, विराटनगर –१६ दरैयामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने ।

सूचना तथा सञ्चार प्रविधि
खोज पत्रकारिताको विकास लागि स्थानीय पत्रकारहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनुका साथै लेखनवृत्ति उपलव्ध गराइने,महिला, दलित, आदिवासी, जनजाति तथा पिछडा वर्गका युवा युवतीहरुको समाचार लेखन तथा अन्तरवार्ता लिने जस्ता क्षमता अभिवृद्धिका तालीम सञ्चालन गर्ने,महानगरपालिका भित्र नगरवासीलाई सूचनाको पहुँचमा अभिवृद्धि गर्ने,स्थानीय पत्रपत्रिका, टेलिभिजन, एफएम, रेडियो अनलाई पार्टल लगायतका सञ्चार माध्यमको विकसका लागि उपलव्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिइने छ।

सम्बन्धित समाचार

अफगानिस्तानमा साढे तीन सय नेपाली उद्धारको पर्खाइमा

लन्डन, कात्तिक ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको...

मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

विराटनगरमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

विराटनगर,  २४ असोज-कोरोना संक्रमणका कारण विराटनगरमा शनिबार थप दुई जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का  ६४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्