विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

 न्यूज विराट
विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ ।

आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्यय मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु.५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ रु.एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ रु.२७ करोड ७३ लाख, सामाजिक विकास तर्फ रु.७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु.सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रतर्फ रु.तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गर्नु भएको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनामा रु.४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि रु.३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि रु.२९ करोड, क्रमागत योजनाको भुक्त्तानीका लागि रु.४० करोड, आरयुडिपीबाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मतसम्भारमा रु.१४ करेड, अन्यपूर्वाधारतर्फ रु नौ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि रु.दूई करोड ५० लाख र समपुरक कोषमा रु.चार करोड ८० लाख विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु.एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ रु.चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँड रु.एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय रु.एक अर्ब, जनसहभागिता रु.आठ करोड, अन्य अनुदान तथा क्रृण रु.१० करोड १९ लाख अन्यसंघसंस्था रु.तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।

नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट विराटनर महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने बजेटमा विश्वास व्यक्त्त गरिएको छ ।

मध्यकालीन खर्च संरचना
त्रीवर्षीय मध्यकालीन खर्च संरचना अनुरुप आर्थिक वर्ष २०८०÷८१ का लागि रु.तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आर्थिक वर्ष २०८१÷८२ को लागि रु.चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गर्नुभएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

बीमा शुल्क घटाउन माग गर्दै मोरङ उद्योग व्यापार संघको ६ बुँदे सुझावसहित सरकारलाई ज्ञापनपत्र

विराटनगर । बीमा प्रिमियम दर अत्यधिक भएको भन्दै मोरङ उद्योग व्यापार संघले बीमा सम्बन्धी ६ बुँदे सुझावसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले विमा प्राधिकरण...

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

जनकपुर, २४ असार-केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । 'पार्टी फुटाउन पाइँदैन, स्थिर सरकार ढाल्न पाइँदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता...

प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । १४ पुसमा विघटनविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले...

सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं, २६ कात्तिक-सर्वोच्च अदालतले मन्त्री बन्ने बाटो खोलिदिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले खुशी व्यक्त गर्दै सबैलाई आभार व्यक्त गरेका छन् । राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथलगत्तै उनलाई थप संवैधानिक...

कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्