प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने - News Birat

प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

न्यूज विराट

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । १४ पुसमा विघटनविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरेको छ ।

बैठकले १० पुसमा माइतीमण्डलामा जम्मा भई संयुक्तपत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ । ११ पुसमा सातै प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । त्यसैगरी, २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक तथा भेला गर्ने बैठकको निर्णय छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles