विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

 न्यूज विराट
विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र मजदुरहरुले राजश्व कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केहीदिनदेखि आन्दोलन गर्दै आएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित सरकारले बजेट ल्याएको बताए । उनले बजेटमा भएका व्यवस्थाले जिआइ वायर, सेनिटरी प्याड उद्योगलाई धेरै असर गरेको भन्दै बजेट संशोधन गर्नुपर्ने बताए ।

उनले सरकारले विभिन्न चरणमा आफूहरुसँग बजेटमा समेट्नुपर्ने विषयबारे छलफल गरेको भएपनि त्यो नाटक मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष प्याकुरेलले सरकारको गलत नीतिका कारण नेपालका उद्योगीहरुले देश छोड्नुपर्ने अवस्था आउने दाबी गरे ।

उद्योगीहरुको आन्दोलनममा मजदुर संगठनहरुको समेत साथ छ । उनीहरुले उद्योगीको माग पुरा नभए आइतबारदेखि सडक ठप्प पार्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले सरकारको गलत नीतिका कारण उद्योग बन्द भए हजारौं मजदुरले रोजीरोटी गुमाउने बताएका छन् । धर्ना अघि उनीहरुले सरकारविरुद्ध विरोध र्याली समेत निकालेका थिए ।

 

सम्बन्धित समाचार

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको...

प्रदेश १ बाट मंगलबार ३४ जना कोरोना जितेर घर फर्किए

विराटनगर, जेठ २७–प्रदेश नं. १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ र सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३...

कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिएको छ । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

प्रदेश १ मा कोरोना संक्रमण घट्यो, एकसातामा ४९ संक्रमित थपिए

विराटनगर, १० माघ । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्