नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

 न्यूज विराट
नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक वृद्धि भएपनि मंगलवार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो ।  मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

मंगलवार ३ वटा कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो । पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन गर्न नेकपा चितवनको माग

चितवन, ७ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा...

एनसिडिए मोरङद्धारा जनचेतना मुलक कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...

वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १२ असोज–सुनसरीको धरानस्तिथ बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण भएर आइतबार राती ११.५० बजे प्रतिष्ठानको इमेरजेन्सी वार्डमा भर्ना...

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ पुर्पक्षको लागि थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो...

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला

विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्