सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

 न्यूज विराट
सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका हुन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नागरिक उड्डयन प्राधिकरणबाट भएको (अपरेटिङ वेश) आधारको प्रावधानहरु हवाइ जहाज र हेलिकोप्टरमा खारेज गर्न माग गरे। उनले पूर्ववत अवस्थामा विना अवरोध सञ्चालन गर्न पाउनुपर्ने माग गरे।

निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष थापाले बताए।

संघले हवाई क्षेत्रमा विद्यमान दीर्घकालीन समस्याहरु यथाशिघ्र समाधान गर्न पनि माग गरेको छ।

संघको मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ्ग, नेभिगेशनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसैगरी असार ५ गतेको नागरिक उड्डयन प्राधिकरणको बाहिर आएको अपरेटिङ वेससम्बन्धी प्रावधानहरु विमानसेवा कम्पनीहरुको हकमा खारेज गर्नुपर्ने, हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवनलगायत विमानस्थलहरुबाट बिना अवरोध सेना यथावत् सञ्चालन गर्न पाउनुपर्ने माग संघले राखेको छ।

सम्बन्धित समाचार

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

विराटनगरका सौन्दर्यकर्मी मनाए तीज

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् । उनीहरूले तीजको अवसर...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी

नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

विराटनगर, २३ माघ । प्रदेश १ का नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेस गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघमा बसेको बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्