गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्छ

 न्यूज विराट
गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्छ

विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण देखिएकोले स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो देखिएको सहभागीले सुझाव दिनु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङ र नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह(नेफेक)द्वारा आज यहाँ आयोजित मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालवालिका राष्ट्रका भोलिका कर्णधार भएका हुनाले गाउँघरमा उत्पादन हुने अन्न लगायत फलफुलको प्रयोगका सम्वन्धमा समाजमा जनचेतना जागृत गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु,जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, जहदा गाउँपालिका कार्यकारी अधिकृत शुर्वण घिमिरे , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहता, नेफेकका अध्यक्ष सुशिलराज दाहाल, कार्यक्रम संयोजक सुधिर चिलवालले आगामी पुस्तालाई स्वस्थ्य र सक्षम बनाउन सबैले हातेमालो गरी पोषण कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो ।
अभिमुखीकरण कार्यक्रममा मोरङको दक्षिण पालिकाहरु कटहरी, धनपालथान, ग्रामथान,रंगेली, सुनवर्षी,जहदा र रतुवामाईका प्रमुख, उपप्रमुख , अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, शिक्षा, स्वास्थ्य र कृषि शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । प्रदेश नं १ मा उमेर अनुसार एक चौथाई वालवालिकामा कुपोषणमा रहेका छन् भने खिउटेपन १४ दशमलव ३ प्रतिशत रहेको सोही अवसरमा जानकारी दिइयो ।

 

सम्बन्धित समाचार

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

विराटनगर आएर मिनेन्द्र रिजालले भने–जंगली माओवादीलाई हामीलेनै मुलधारको राजनीतिमा ल्याएका हौँ

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जंगलको माओवादीलाई मुलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दावी गरेका छन् । विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलेनै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा...

प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ । नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै...

धरौटीमा छुटेलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं, १८ वैशाख-स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको...

भव्य भयो विराटनगर म्यूजिकल फेस्टिबल, गायक स्वप्न सुमन र पुर्ण राईले तताए सांगीतिक माहोल

विराटनगर । युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र पुर्ण राई दाजुभाइको सांगीतिक प्रस्तुतीले शनिबार राती विराटनगरमा छुट्टै सांगीतिक माहोल छाएको छ ।लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनीहरुले आफ्नो चर्चित गीतहरु...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्