विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

 न्यूज विराट
विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो ।

कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन गरेका थिए । कार्यपालिका निर्वाचनमा ९७ मतदाता थिए । जसमध्ये कांग्रेस र जसपा गठबन्धनको ५० मत थियो । तर, निर्वाचनमा ४३ मत रहेको एमाले विजयी भएको हो । एमालेले स्वतन्त्रबाट चुनाव जितेका जनप्रतिनिधिसँग तालमेल गरेको थियो ।

शनिबार भएको भएको निर्वाचनमा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न् ।

अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन् ।

महिलातर्फ एमालेका सवै उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसकी अन्जु दाहाल गौतमले ४० मत, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

३० बैशाखमा सम्पन्न निर्वाचनमा एमालेबाट उपमेयरसहित ४३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

सत्ता गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको छ । २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १५ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा प्रतिनिधित्व भएको छ ।

सम्बन्धित समाचार

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...

विराटनगर जुनियर जेसिजको पदस्थापन

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष...

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

साह कांग्रेस प्रदेशको आमन्त्रित सदस्यमा मनोनित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्