भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा

 न्यूज विराट
भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा

भारतीय प्रहरीको एक विशेष टोली नेपाल आएको छ । पञ्जाबका गायक सिद्धु मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपाल प्रवेश गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ ।

आइतबार मुसेवालाको हत्या भएको थियो । उनका हत्यारा नेपाल पसेको सूचनाका आधारमा भारतीय प्रहरी नेपाल आइपुगेको इन्डिया टुडेले लेखेको छ ।

मुसेवालाका हत्यारालाई पक्राउ गर्न भन्दै दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आइपुगेको हो । पञ्जाबका चर्चित गायक मुसेवालामाथि तीन दर्जनभन्दा बढी गोली प्रहार गरिएको थियो । पञ्जाबको राजनीतिमा समेत सक्रिय रहेका मुसेवालाको हत्याका मुख्य योजनाकार भने क्यानडामा छन् ।

क्यानडामा रहेर भारतमा गुण्डागर्दी मच्चाउने गोल्डी ब्रारले मुसेवालालाई आफ्ना मान्छेले मारेको दाबी गरेका छन् । तर, गोली चलाउने हत्यारा भने नेपाल फरार भएको सूचना पाएपछि भारतीय प्रहरीको विशेष टोली नेपाल छिरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार मुसेवालाका हत्यारा नेपाल छिरेको आशंका भएपछि नेपालमा सुरक्षा निगरानी भने बढाइएको छ ।

 

सम्बन्धित समाचार

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

विराटनगरको होटल अनुगमन : एसियाटिकसहित तीन होटल ‘क’ वर्गमा

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र पूर्वाञ्चल ऐकेडेमीलाई

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा...

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...

विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...

ओम्नी समूहसँगको विवादस्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेको छ ।चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसकेपछि ओम्नी समूहसँग सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय...

विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्