नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

 न्यूज विराट
नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

त्यसपछि सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा ९४ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् ।

नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ६५ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । यसरी हेर्दा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८ सयभन्दा बढी रहेको छ ।

नेपालमा विमान दुघर्टनाका तथ्याङक

(सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना (स्थान नखुलेको) मानविय क्षति भएन ।
(सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु ।
(सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।
(सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।
(सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।
(सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु ।
(सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु ।
(सन् १९६२ मा नेपाल वायुसेवा (निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।
(सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु ।
(सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।
(सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।
(सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।
(सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।
(सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।
(सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।
(सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।
(सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु ।
(सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।
(सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु ।
(सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु ।
(सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।
(सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु ।
(सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
(सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।
(सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु
(सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
(सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।
(सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।
(सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु ।
(सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
(सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।
(सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।
(सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।
(सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।
(सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।
(सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।
(सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।
(सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।
(सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।
(सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।
(सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।
(सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।
(सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु ।
(सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।
(सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु ।
(सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।

सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

पोखरा–जोमसोम रुटमा धेरै दुर्घटना, ११७ जनाको ज्यान गयो

पोखरा–जोमसोम हवाइ रुट सबैभन्दा असुरक्षित देखिएको छ । यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांक छ ।

२०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए ।

सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो । जतिबेला ६ जनाको मृत्यु भयो ।

८ वर्षपछि २०२७ सालमा रोयल लाइट विमान जोमसोममा दुर्घटना हुँदा एकजनाले ज्यान गुमाए ।

१८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका थिए ।

त्यस्तै २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।

३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

२०६९ जेठ १ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भएको थियो । विमानस्थल नजिकै पानी ट्यांकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए ।

७ वर्षअघि २०७२ फागुन १२ मा तारा एयरको विमान दुर्घटना भयो । म्याग्दीमा भएको उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।

२०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर त्यतिबेला मानवीय क्षति भएन ।

२०७९ को जेठ १५ गते तरा एयरकै जहाज दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ ।

प्रायः दुर्घटनाको कारण प्राविधिक भएको बताइन्छ ।

नागरिक उड्ययन प्राधिकरणलको तथ्याङमा ९५ प्रतिशत दुर्घटना प्राविधिक कारण भनेर देखाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स वितरण र कोरोना भाइरस सम्बन्धी सचेतना

विराटनगर, चैत ५–नेपाल औषधी व्यवसायी संघ मोरङले बुधवार विराटनगरमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ । संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने गर्नुपर्छ...

सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित मोरङ जिल्लाभरी गरियो द्वीप प्रज्वलन, मंगलबार जिल्लास्तरमा एकिकृत रुपमा मनाइदै

विराटनगर । ६७ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित जिल्लाभर द्वीप प्रज्वलन गरिएको छ । प्रदेश राजधानी विराटनगरसहित मोरङ सवै स्थानीयतहमा सोमबार साँझ द्वीप प्रज्वलन गरिएको हो ।  विराटनगरमा सयौँ सहकारी अभियान्ताहरुको सहभागीतामा विराटनगरस्थित जनआन्दोलन चोकमा...

ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष

विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्