दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

 न्यूज विराट
दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।

यार्सा खोज्न गएकाहरूको टोलीले दुर्घटनाग्रस्त विमान देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका तारा एयरले जनाएको छ । विमानमा सवार यात्रुको अवस्था के छ भन्ने जानकारी सुरक्षा निकायले दिएका छैनन् ।

 

सम्बन्धित समाचार

एभरेष्ट सिङ्गिङ आइलड, फाइनलमा १५ जना छनौट

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...

मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित...

विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी: पराजुली

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन...

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी सुदीप गिरी

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै...

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् । विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्