विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

 न्यूज विराट
विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् ।

गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् । मेयरमा नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा कार्की ११४६१ मत अन्तरले विजयी भइन् । कोइरालाले ३०१७० मत भने कार्कीले २५८६० ल्याएका हुन् ।

मेयरमा कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१४५५ मत पाए त्इस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मतका साथ तेस्रो चता राप्रपाका प्रल्हाद साहले ५२१६ मतका साथ चौथो स्थानमा चित्त बुझाए ।

उपमेयरमा कार्की निकटतम प्रतिस्पर्धी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव १४२१९ मत ल्याए । तेस्तै राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६४०१ मत ल्याउँदै तेस्रो भइन भने मोओवादी केन्द्रबाट विद्रोह गर्दै स्वतन्त्रमा उम्मेदवार दिएकी नमिता न्योपानेले ५११७ मतका साथ थौथो स्थानमा चित्त बुझाउँनु पर्यो ।

कोइराला गठबन्धनका उम्मेदवार भए पनि कार्की एमालेबाट एकल उम्मेदवार बनेकी थिइन् । कार्कीसँग गठबन्धनतर्फ जसमापाका यादव लडे पनि उनी निरीह देखिए ।

विजयको माला पहिरिँदै गर्दा मेयर कोइरालाले भने, ‘मेरो सबै कुरा घोषणा पत्रमा आइसकेको छ, मैले चुनाव जित्नुमा आम कार्यकर्ता, मतदाता, पार्टी पंत्ति र शुभचिन्तकको सहयोग छ, म कर घटाउँछु, करको दायरा बढाउँछु र भ्रष्टाचार निर्मूल पार्छु ।’

उपमेयरमा विजयी कार्कीले संविधानले तोकेको अधिकारलाई प्रयोग गर्दै आमजनतामा न्यायको अनुभूति दिने बताइन् । ‘म कानुन बनाउने, प्रचलित कानुनलाई उपयुक्त तरिकाले प्रयोग गर्ने र जनतालाई न्यायको अनुभूति दिने गरी काम गर्छु,’ कार्कीले भनिन्, ‘मलाई साथ सहयोग गरी उपमेयरमा जिताउनका लागि सबै पार्टीबाट सहयोग भएको छ, म पार्टीबाट निर्वाचित भएँ, तर निष्पक्ष रूपमा जनताको सेवा गर्छु ।’

यसअघिको स्थानीय निर्वाचन २०७४ मा विराटनगर महाननगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएकी थिए ।

मेयरमा निर्वाचित कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाका उपसभापति हुन्, कार्की एमाले महानगर कमिटीका उपाध्यक्ष हुन् । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको आमसभाका लागि व्यापक सुरक्षा तयारी

धनगढी, २२ पुस-संसद विघटनपछि पहिलो पटक उपत्यका बाहिर कार्यकर्तालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभाको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ । नेकपाले २४ पुसमा धनगढीमा आयोजना गर्न लागेको...

पेट्रोलको खरिद मूल्य १८२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक...

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

विराटनगरको आईसिपी नजिक दुर्घटना, सुरक्षा गार्डको मृत्यु

विराटनगर । विराटनगर भन्सार कार्यालय (आई सिपी) नजिक सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।आज राती बिराटनगर १८ लावाघाट स्थित आईसिबी बिराटनगर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका...

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

विराटनगरमा भव्य भयो ३७ औं गणगौर पूजा महोत्सव

विराटनगर । विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव २०८० मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा महोत्सव समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो । महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्