विराटनगरमा नगेश र सागरको मतान्तर ४९१९

 न्यूज विराट
विराटनगरमा नगेश र सागरको मतान्तर ४९१९

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको जारी मतगाणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फाराकिलो मतान्तर बढाउँदै लगेका हुन् ।

भर्खरै सार्बजनिक मतपरिणाम अनुसार ६१ हजार १ सय ३ मत गनिसक्दा कोइरालाले १९ हजार ६ सय २८ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका सागर थापाले १४ हजार ७ सय ९ मत ल्याएका छन् । अहिले कोइराला र थपाको मतअन्तर ४ हजार ९ सय १९ छ ।

त्यस्तै जसपाबाट विद्रोह गरि मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार २ सय ५१ मत प्राप्त गर्दा राप्रपाका प्रल्हाद साहले ३ हजार ७ सय ८१ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पाकार्कीले जसपाका अमरेन्द्र यादवलाई धेरै पछाडी पारेकी छिन् । कार्कीले १६ हजार ९ सय ९४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार जसपाका यादवले १० हजार २७ मत मात्र ल्याएका छन् ।

राप्रपाकी विन्दा लुइँटेलले ४ हजार ५ सय ९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ५ सय ८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

विराटनगर, साउन ९–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी...

बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना

पोखरा, ११ वैशाख -कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी १९ वर्षीया युवतीको स्वाब परीक्षणमा नेगेटिभ रिपाेर्ट आएको छ । उनको पाँचौँ पटकको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपाेर्ट आएको हो । उनको पाँचौँ पीपीसीआर रिपार्ट...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

सरकारले गर्यो सर्वाेच्चको फैसला कार्यान्वयन : फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, फागुन १४ । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्