नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

 न्यूज विराट
नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई पक्राउ गरिएको हो। विराटनगर महानगरपालिका–४ र ५ बाट पक्राउ परेकामध्ये ५ जना मोटरसाइकल चोरी गर्ने र २ जना चोरीका मोटरसाइकल किनबेच एवं व्यवस्थापन गर्ने धन्दामा संलग्न रहेको पाइएको श्रेष्ठले बताए।

प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का २० वर्षीय हरिओम मण्डल, पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपालिका–२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर–४ का २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो। उनीहरु लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार चोरीको मोटरसाइकल किनबेच तथा व्यवस्थापन गर्ने धन्दामा संलग्न धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३२ वर्षीय थामबहादुर राई र ३५ वर्षीय मानकाजी राईलाई पनि पक्राउ गरिएको छ। सातै जनाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको कोइरालाले बताए।

पक्राउ परेकाहरुले विभिन्न समयमा चोरी गरेका प्रदेश १–०२, ०४६ प ६४०, प्रदेश १–०२–०४७ प ३९२४, को १३ प ८२७५, प्रदेश १–०२–०४४ प २५७, को ८ प ६७५, बीआर ३८ डी ४५०४ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। मोटरसाइकल चोरी गर्दै गिरोहले भारत र पूर्वी पहाडी जिल्लासम्म पुर्याएर बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एउटा मोटरसाइकललाई ४० देखि ६० हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको एसपी कोइरालाको भनाइ छ।

सम्बन्धित समाचार

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा २ ठाउँमा पहिरो

मकवानपुर, ८ असार-हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती २ ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम...

विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते...

मर्यादित व्यवयासी संचालन गर्न जोड

विराटनगर । औषधी क्षेत्रमा देखा परेको बिकृती र विसङ्ंगती अन्त्य गरि स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल...

विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक...

अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १९ भदौ-अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । डा. युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको दुवै मन्त्रालको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दिएकी हुन् ।...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्