विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

 न्यूज विराट
विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो ।

ती वडाको मतगणना सम्पन्न हुँदा सार्वजानिक भएको अन्तिम परिणाम अनुसार एमालले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडा जितेका छन् ।

अन्तिम मत परिणाम अनुसार विराटनगर–१ को वडाअध्यक्षमा एमालेका काजिबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत ल्याए ।

त्यस्तै विराटनगर–२ को वडाअध्यक्षमा पनि एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनले राप्रपाका उम्मेदवार पवन कुमार सुरनालाई पराजित गरे ।

पोखरेलले १३३४ मत ल्याएर विजयी हुदा सुरानाले १२८३ मत पाए । निवर्तमान वडाअध्यक्ष समेत रहेका पोखरेलले अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि सुरनालाई जितेका थिए ।

विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार हमर्जनले ६८५ मत ल्याएका छन् ।

विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भए । जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए । कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि पारेका हुन् ।

विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत पाए ।

विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् । ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् । जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए ।

विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । केहीबेर अगाडी सार्बजनिक मत परिणाम अनुसार कोइरालाले ८४७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेका सागर थापा ६२४१ मतसहित पछ्याई रहेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले २४९० मत ल्याउँदा राप्रापाका प्रल्हाद साहले १६०२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तर बनाएकी छिन् । उनले ७१११ मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले ४६४५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १५८४ मत ल्याउँदा राप्रपाकी विन्दा लुइटेलले १९९१ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

विराटनगर, २५ असोज । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुल प्रदेश नं. १ मा कार्यालय खोलेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको आज उद्घाटन गरिन् । कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

कोभिड–१९ बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले आज एक विज्ञप्ति जारी गर्दै  ३६ दिनको अस्पताल बसाइँ र १६ दिनको घर बसाइँपछि स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्