चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

 न्यूज विराट
चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो ।

चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य समेत निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्दैछन् । जम्मा ३५ हजार २२१ जनामध्ये सो संख्या निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने १ लाख ९ हजार ७८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयसंवेकहरू आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेको समेत आयोगले जानकारी गराएको छ ।

निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएका ७९ दलमध्ये जम्मा ६५ वटा दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । शनिबारको कोभिड-१९ सम्बन्धी नियमित...

आज देशभर थपिए १ हजार १११ संक्रमित

काठमाडौं, ११ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्