गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

 न्यूज विराट
गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् ।

गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ, उक्त निर्णय विपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिनेछ ।’

उनले गठबन्धनविरुद्ध लागेहरूलाई कारबाही गरिने बताए । ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको निर्णय हो, यसविपरीत जान सकिँदैन । निर्णयको विरुद्धमा जानेलाई नेता तथा कार्यकर्तालाई स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिनेछ,’ उनले भने ।

गृहमन्त्री खाँणले सर्वोच्चको आदेशपछि राजनीतिक दलहरू मिलेर गठबन्धन सरकार बनेको भन्दै गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए । ‘गठबन्धनका दलहरूबीच सहमति र सहकार्य गर्ने अठोट कांग्रेससँग छ’, उनले भने । निर्वाचनमा सहभागी नभएका दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वान समेत गरेको उनले बातए ।

सम्बन्धित समाचार

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको...

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...

सौर्य एयरलाइन्सले विराटनगर– भैरहवा उडान गर्दै, दैनिक पौने चार बजे भैरहवा उड्ने

विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...

अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्