चुनावपछि एमाले फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

 न्यूज विराट
चुनावपछि एमाले फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

लमजुङ, २ बैशाख । । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुरयाइएको बताउनु भएको छ । लमजुङको घलेगाउँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा फर्कने बताउनु भयो ।

‘अहिले एमाले एकछिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ,’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमालेले जनताको आकांक्षा बुझेको प्रष्ट पार्दै समृद्धिका लागि एमाले अग्रसर रहेको धारणासमेत राख्नुभयो ।

‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको तथ्य पनि सुनाउनुभयो । सूर्यतिर औला देखाउँदै अध्यक्ष ओलीले भन्नुभयो ,‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन् ।’

सम्बन्धित समाचार

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी प्रस्तुत, राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा...

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्तः १ को मृत्यु, ४ जना घाइते 

महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन्...

एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।  डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्