सम्वेदनशीलभै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्छ :थपलिया

 न्यूज विराट
सम्वेदनशीलभै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्छ :थपलिया

विराटनगर,३० चैत । प्रमुख निर्वाचन आयक्त दिनेशकुमार थपलियाले सम्वेदशनशल भएर स्थानीय तहको निर्वाचन जिम्वारीपुर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ ।
निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निस्पच्छ , स्वतन्त्र एवं मित्यव्ययी वनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउन संसदले बनाएको कानूनको पूर्ण पालनको प्रतिवद्धता व्यक्त गर्दै मतदान केन्द्रमा खटिएर स्थानीय समुदायसँग समन्वय गरि कार्यलाई अघि वढाउन आग्रह गर्नुभयो ।
उहाले स्थानीय तहको निर्वाचनका लागी आयोगले संविधान र कानुन अनुसार सवै प्रक्रिया अगाडी वढाएको उल्लेख गर्नु हुदै निर्वाचन निर्देशिका एवं स्व घोषणाले उम्मेदवारलाई जिम्मवार बनाएको धारणा राख्नु भयो ।
आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन हुने कुरामा कुनै शंका नराख्न आग्रह गर्दै निर्वाचनको रकेट प्रक्षेपण भइ सकेको अवस्थामामा रोक्नुले मुलुकमा ठूलो दुर्घटना निमत्याउने छ भन्नु भयो ।
निर्वाचनले लोकतन्त्र र मुलुकको सम्वद्धिको सम्वाहक भएकोले यसलाई सफल वनाउन सबैले आफ्नो कार्य जिम्मेवारी पुर्वक लाग्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले आयोग निर्वाचन आचार संहिता पुर्ण रुपले कार्यान्वयनको सम्वन्धमा संयन्त्र निर्माण गरि अनुगमन गर्ने जानकारी दिनु हुदै १० हजार २०० मतदान स्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताउनु भयो ।
प्रदेश नं १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवकको रुपमा लिई स्वच्छ,निश्पक्ष , भयरहित वातावरणमा सम्पन्न गर्न सवैले जिम्मेवारी पूर्वक कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रशिक्षणम कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलु वाहेक ११ जिल्ल्लाका मुख्य निर्वाचन अधिकृत , निर्वाचन अधिकृत गरि १२० जनाको सहभागिता रहेको छ।

सम्बन्धित समाचार

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

१ हजार १५८ संक्रमित निको भए

काठमाडौं, २ असार-संक्रमण मुक्त हुनेको संख्या दिनदिनै बढी रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११७ जना कोरोना भाइरस संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

काठमाडौं, २८ जेठ-प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा सदनको बहुमतले अस्वीकृत...

कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे...

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२...

पत्रकार प्रेम देवानलाई ‘आदर्श युवा सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...

विराटनगरमा खानेतेलको गिलेनमा लागुऔषध बरामद

विराटनगर, ९ असार । जोगबनीबाट तेलको गिलेनमा लुकाई छिपाई लागुऔषध ओसार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो...

राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो ।  जिल्ला प्रशासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्