दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

 न्यूज विराट
दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् ।

दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् ।

यस्तै, ट्वान्टी-२० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन् ।

ट्वान्टी-२० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् ।

यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औँ स्थानमा छन् ।

सम्बन्धित समाचार

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

एजेन्सी, बैशाख ३१-रुपमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । रुसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी रहेको छ । मंगलबारमात्रै रुसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, चैत १५–कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट एक हप्ता अगाडि नेपाल आएका दुई जना युवा र विराटनगरकी एक...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार नाघ्यो

एजेन्सी, ७ भदौ-गत २४ घण्टामा भारतमा ७० हजार कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । शनिबार त्यहाँ अहिलेसम्मककै बढी ७० हजार नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार...

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्