मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

 न्यूज विराट
मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको उपस्थितिमा बसेको बैठकले सो नगरपालिकामा केन्द्रीय निर्णय अस्वीकार गर्दै कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्ने कांग्रेसले निर्णय गरेको हो ।

बैठकले नगरप्रमुखको उम्मेदवारका रुपमा १४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । नगर प्रमुखका लागि पार्टीका नगर सभापति कमलकिशोर सिंह, वर्तमान नगर प्रमुख कालीप्रसाद दासलगायतको नाम सिफारिस गएिको छ ।

त्यस्तै गुलाम मोहिद्धिन, टेकबहादुर विष्ट, देवेन्द्रबहादुर बस्नेत, प्रताव तामाङ, वीरेन्द्रकुमार साह, महताब आलम, महेश्वर प्रसाद राजवंशी, मेदनी प्रसाद प्रसार्इं, यज्ञबहादुर कार्की, रमानन्द साह, शंकर कार्की र सत्यनारायण पण्डित पनि नगरप्रमुखका लागि सिफारिस भएका छन् ।

त्यस्तै उप्रमुख पदका लागि खेमुकमारी कार्की, जानकी कुमारी केवरत, नरमाया प्रसाई बिमली, नारायणी देवी पण्डित, विमलादेवी दास, मञ्जुकुमारी राई र सुमनसरी राजवंशीको नाम सिफारिस भएको नगर सभापति कमलकिशोर सिंहले जानकारी दिए ।

ग्ठबन्धन नहुँदा सुनवर्षीमा कांग्रेस कति बलियो ?

२०७४ सालको मत परिणामअनुसार सो नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख र उपप्रमुखसहित अधिकांश वडा जितेको थियो । सो चुनावमा नगर प्रमुखमा प्राप्त गरेको मतका आधारमा माओवादी केन्द्र दोस्रो, नेकपा (एमाले) तेस्रो, संघीय समाजवादी फोरम चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ र तत्कालीन विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) छैटौँ शक्ति बनेका थिए ।

अहिले एमाले विभाजित भएको र माओवादी केन्द्रका कार्यकर्ताहरू एमालेमा समाहित भएको तथा फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएपछि नेपाली कांग्रेस थप बलियो भएको छ । सोही कारण कांग्रेसले सुनवर्षीमा गठबन्धन नगर्ने निर्णय गरेको जनाइएको छ ।

२०७४ सालमा नगरप्रमुखमा नेपाली कांग्रेसका कालीप्रसाद दास ५४७३ मतसहित विजयी भएका थिए । उनका निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामप्रसाद राजवंशीले ३८८४ मत प्राप्त गरेका थिए । उनी हाल कार्यकर्ताहरूसहित एमालेमा प्रवेश गरेर सो पार्टीका नगर कमिटी अध्यक्ष छन् ।

त्यस्तै नेकपा (एमाले) का हसन इमाम बक्स मियाँले ३७७१ मत पाउँदा तत्कालीन संघीय समाजवादी फोरमका सदानन्द यादवले ३३४७ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जवीर उद्धिनले ११४७ मत प्राप्त गर्दा तत्कालीन विजय गच्दार नेतृत्वको फोरम लोकतान्त्रिकका पुरणलाल राजवंशीले ५२३ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै मञ्जु राई ६१९३ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरादेवी दाश केवरटले ४१७१ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रकी अमिता श्रीवास्तव यादवले ३०७३, संघीय समाजवादी फोरमकी विवि नुरुन निसाले २९४८, राष्ट्रिय प्रजातन्त्र पार्टीकी दिपा बस्नेतले ४२८ र फोरम लोकतान्त्रीककी दुर्गाकुमारी शर्मा लामिछानेले ३०३ मत प्राप्त गरेकी थिइन् ।

सम्बन्धित समाचार

एमालेमा विवाद : महानगर अध्यक्षसहित तीन जनालाई गरिएको कारवाही फिर्ता लिन माग

विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ ।एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...

यमनमा दिँदै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेको आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन् । हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको...

प्रेस युनियन मोरङका १४ जना बहुमत पदाधिकारी र सदस्यहरुद्वारा सामुहिक राजिनामा

विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

एजेन्सी, बैशाख २८-जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्