भन्सार विभागमा इ–पेमेन्टबाट पहिलो महिनामै ७ अर्बभन्दा धेरैको कारोबार

 न्यूज विराट
भन्सार विभागमा इ–पेमेन्टबाट पहिलो महिनामै ७ अर्बभन्दा धेरैको कारोबार

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँबराबरको राजस्व डिजिटल माध्यमबाट संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत १ पुसदेखि कार्यान्वयन गरिएको थियो ।

यसरी भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरूसँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै इ–पेमेन्टमार्फत विद्युतीय राजस्व संकलनमा उल्लेख्य वृद्धि हुनुका साथै आयातकर्ताहरूलाई पनि भुक्तानी गर्न निकै सहज भएको भन्सार विभागले जनाएको छ ।

नेसनल पेमेन्ट स्वीचअन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाइम तथा ननरियल टाइम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाइममा ३ अर्ब ४ करोड र एनसीएचएल–आईपीएसमार्फत ननरियल टाइममा ४ अर्ब रुपैयाँबराबरको संकलन भएको हो ।

भुक्तानी गर्नका निम्ति भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिस्ट्रेसन वर्ष, रजिस्ट्रेसन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नम्बर प्राप्त गरी उपलब्ध कुनै पनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्न सकिन्छ ।

यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणालीअनुसारको हुन्छ । भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस, कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...

प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अंक जोड्दै सुनसरी शीर्ष स्थानमा

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ। कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जीत निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष...

प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।शुन्य समयमा प्रदेश सभा सदस्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्