कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

 न्यूज विराट
कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो ।

नेपाल १३६ रनको जित दर्ता गर्न सफल भयो । नेपालले दिएको २१९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्सका लागि जोर्डन अल्गेराले अविजित २७ ड्यानीयल स्मिथले २० रन जोडे । यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए उनले ४ ओभर बलिङ गर्दै जम्मा ९ रन दिए । यस्तै जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतकमा नेपालले फिलिपिन्सलाई २१८ रनको विशाल लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेपनि कुशल र दीपेन्द्रको बलियो साझेदारीले २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन् । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफल भए ।

सम्बन्धित समाचार

मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

भारत र अन्य देशबाट प्रत्येक दिन ६ हजारको उद्धार गर्न प्रस्ताव 

काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिवीर सुरु, पहिलो दिन २ सय ६१ ले लिए लाभ

विराटनगर, माघ २७–मोरङको रतुवामाई नगरपालिकामा सोमबारदेखि २ दिने शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । रतुवामाई नगरपालिकाको नगर अस्पतालको रुपमा सञ्चालन हुन लागेको प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियामा सोमबारदेखी दुई दिने आँखा, कान, नाक, घाँटी...

विराटनगरमा ४९ सहित प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, २२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्