कांग्रेसका १० भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति भंग

 न्यूज विराट
कांग्रेसका १० भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति भंग

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग भएको छ । मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले  म्याद सकिएका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर ३० फागुनभित्र तदर्थ समिति बनाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल दलित संघको केन्द्रीय महाधिवेशन गर्न निर्देशन दिएको छ  । दलित संघको सबै जिल्लामा अधिवेशन सम्पन्न भएकाले आगामी चैत्र ७, ८, ९ र १० गते अधिवेशन गर्न निर्देशन गरिएको बताए । यस्तै बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थामा रिक्त पदाधिकारीहरूको हकमा पदपूर्तीको जिम्मा पनि सभापतिलाई दिएको छ ।

सम्बन्धित समाचार

यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति...

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै...

स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, तीन दिन अगाडी विराटनगर आएका थिए प्रेमी

विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

सुदूरपश्चिमकी पाँचौँ कोरोना संक्रमित महिला ३५ दिनपछि डिस्चार्ज

धनगढी, २६ वैशाख-सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि निको भएर घर फर्किएकी छन । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट आज डिस्चार्ज गरिएको छ । ३५ दिनदेखि सेती अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्