इटहरीमा ‘प्रणय सृजना’ वाचन

 न्यूज विराट
इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए ।

क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । ‘आज प्रणय दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको हो ।’

विभिन्न समयमा साहित्यिक गतिविधि गर्दै आएको समाजका अध्यक्ष भरत दाहालले बताए । उनका अनुसार तीन दर्जन बढी स्रष्टाहरूले रचना सुनाएका छन् ।

धरानका कवि चन्द्र गुरुङ, सुदीप पाख्रीन, बीरेन सुब्बा, विशाल नाल्बो, तीर्थराज विक, करुणा राई, एकराज थापा लगायतले कविता वाचन गरेका थिए । यस्तै, इटहरीकी टीका आत्रेय, राज आशातीत, जीबी गजल, विनोद विवश, प्रभास गौतम, मिश्रा गुरुङ, गोकर्ण खड्का, सोमराज सार्की, सन्जीप तिम्सिना, नवराज मैनाली, राधा रमा, विनय सरगम, किरण सिवा, सुमन रेग्मी, प्रमोद ढकाल, प्रो. निफोली लगायतले सृजना सुनाए । यस्तै, डा. भक्त राई, सन्तोष सुवेदी, सूर्य तामाङ, दीपा स्पन्दन, छबिना मगर, दीपा लुईँटेल, खगेन्द्र समरस, रोहिणी रसिक लगायतले सृजना वाचन गरे ।

कार्यक्रममा डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी, इटहरी भाषा, साहित्य, कला प्रतिष्ठानका संयोजक कृष्णविनोद लम्साल, इटहरी साहित्य सङ्गीत प्रतिष्ठानका सह–संयोजक मणि गुरुङ लगायतले शुभकामना मंतब्य राखेका थिए ।

पृथक ढङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा आमन्त्रित सबैलाई एकमुष्ट रूपमा स्वागत गर्दै कवि चन्द्र गुरुङको कविताबाट कार्यक्रम समापन गरिएको समाजले जनाएको छ ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...

विराटनगरकी ७९ वर्षीया वृद्धा चन्द्रकुमारीको उद्धार

विराटनगर, माघ १६–विराटनगरमा एक बिरामी वृद्धाको उद्धार गरिएको छ । विराटनगर– ११, पिचरामा जाडोले कठ्याङग्रिएर बिरामी भई थला परेकी वृद्धा चन्द्रकुमारी ठकुरीको उद्धार गरिएको हो । वृद्धा चन्द्रकुमारीलाई । विराटनगर– ११ का वडा अध्यक्ष तिर्थेन्द्र...

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्