चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

 न्यूज विराट
चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो ।

पावर प्लेमै दुई विकेट गुमाउँदा दबाबमा परेको नेपाल त्यसपछि सम्हालिन सकेन । नेपालले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । लो स्कोर पछ्याइरहेको नेपालले पावर प्लेलमा कुशल भुर्तेल र लोकेश बमका रुपमा दुई विकेट गुमाएको थियो । ११ बलमा १५ रन बनाए भुर्तेल बोल्ड आउट भए भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम ८ बलमा ६ रन बनाएर आउट भए । उनले एक छक्का प्रहार गरेका थिए । नेपालले ६ ओभरमा २ विकेट गुमाएर ४० रन बनाएको थियो।

त्यसपछि पनि नेपालको विकेट जानेक्रम रोकिएन । लगातारको अन्तरालमा विकेट गुमाएको नेपालका लागि सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले बनाएका थिए । उनले ३० बलमा २८ रन बनाए । यस्तै आसिफ शेखले २३ रन बनाए भने कुशल भुर्तेलले १५ रन बनाए । कमलसिंह ऐरीले १३ रन बनाए । शरद भेषवाकर एक रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ५ रनमात्र बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिएपछि उसले ठूलो स्कोर बनाउन सकेन ।

यो खेलमा पराजित भएसँगै नेपालले श्रृंखला जित्ने मौका पनि गुमायो । नेपालले श्रृंखलाका ३ मध्ये एक खेलमा जित हात पारेको थियो । ओमानलाई पराजित गरेको नेपाल यूएई र आयरल्याण्डसँग पराजित भयो । श्रृंखला दुई खेल जितेको यूएईले जितेको छ ।

अब नेपालले यही फागुन ६ बाट विश्वकप छनोट खेल खेल्नेछ । छनोट खेलको फाइनलमा पुग्ने दुई टिम २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने विश्वकपमा सहभागी हुन पाउनेछन् ।

सम्बन्धित समाचार

तेली कल्याण समाजद्धारा दुई दर्जनलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र...

एक करोड १९ लाख मतपत्र छापिए

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो...

एमएम कप क्रिकेटमा विजयी हुँदै एपिएफ शिर्ष स्थानमा उक्लियो

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्रको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर...

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामाः मन्त्री घिमिरे

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए । सडक आश्रित...

मोरङ व्यापार संघले गर्यो उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौलासँग छलफल

विराटनगर । उद्योगी व्यवसायीहरुको समस्या समाधानका सन्दर्भमा मोरङ व्यापार संघले छलफल गरेको छ । आइतबार मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग...

आइतबारयता भेटिएका छैनन् नयाँ संक्रमित

आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश...

नीतीश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री

एजेन्सी, मंसिर १-नीतीश कुमारले सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्