राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

 न्यूज विराट
राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो ।

राजवंशी समाज उत्थान समितिले विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकाले सामूहिक पहिचानका लागि प्रदेशको नाम विराट हुनुपर्ने माग गरेको हो ।

समितिले प्रदेशको नाम विराट नराखिए कडा आन्दोन गर्ने चेतावनी समेत दिएको छ । प्रदेश स्थापना भएको करिब ४ वर्ष पुग्न लागेपनि नामाकरण हुन सकेको छैन ।

प्रदेश १ मा राजधानीको टुंगो लागेपनि प्रदेश सरकारले नामाकरणको प्रस्ताव ल्याउन सकेको छैन । पछिल्लो समय प्रदेश नामारणको चर्चा चलेसँगै विभिन्न जातीय संगठनहरुले पहिचानका आधारमा नामाकण गर्न माग गर्दै आएका छन् । समितिले आगामी ६ फागुनमा हुने १५ औं बृहत भेलाको तयारीबारे जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्नुपर्ने माग गमेत गरेको छ ।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्न माग गरे ।
समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नु पर्ने, सो समुदायलाई विराटनगरको प्रथम जातीको रुपमा घोषणा गर्नुपर्ने, प्रदेश सभा सदस्यमा यस जातीलाई समानुपातिक रुपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगंगा , धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने माग समेत गरेको छ ।

यस्तै समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गहरुमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने, विराटनगरको भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने लगायतका माग संघीय र प्रदेश सरकारले यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने समितिको माग छ ।

आगामी ६ फागुनमा मोरङको जहदा गाउँपालिका–३ वभनटोलीमा हुने भेलामा मोरङ, सुनसरी र झापाका विराट राजवंशीको वृहत सहभागिता हुने पत्रकार सम्मेलनमा जनाइएको छ । २०६८ सालको जनगणना अनुसार मोरङ, सुनसरी र झापामा सो समुदायको जनसङ्ख्या ४० हजार रहेको अध्यक्ष मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्