विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

 न्यूज विराट
विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो ।

व्यापार संघले अग्रवालमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको आरोप लगाउँदै उक्त घटनाको भत्र्सना गरेको छ । ‘उद्योगपती अग्रवालमाथि भएको अपराधिक एवम् निन्दनीय सांघतिक आक्रमणको घोर भत्र्सना गर्दछौँ ।’ विराट व्यापार संघका अध्यक्ष सुजन थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

उद्योगस् अग्रवालमाथि शनिबार शनिहाट चोकदेखि उत्तर मेनरोडमा कुटपिट भएको थियो । विराटनगरको शनिहाटदेखि उत्तरतर्फ मेनरोडस्थित पान पसलमा पान खाइरहेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट अग्रवाल घाइते भएका छन् । उनको टाउको, मुखमा चोट लागेको छ ।

कुटपिटबाट घाइते भएका अग्रवालको मुखभित्र ८ वटा टाँका लागेको पारिवारिक स्रोतले जनाएको छ । चोटका कारण अग्रवाललाई खान पिउन समेत समस्या भएको जनाइएको छ ।

घरैमा बसेर उपचार गराइरहेका अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्यसमेत हुन् । उनिमाथि विराटनगर–२ का पवन शर्माले आक्रमण गरेका थिए ।

सम्बन्धित समाचार

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी...

विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो । विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य...

हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...

बिरामीलाई घरैमा औषधि

उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...

टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो ।...

पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने...

भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन नपाउने

काठमाडौं, ३० साउन-भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्