विराटनगर आएर इश्वर पोखरेलले भने-एमसीसी मुख्यालयलाई चिठी पठाउनु नेपालकै बेइज्जत

 न्यूज विराट
विराटनगर आएर इश्वर पोखरेलले भने-एमसीसी मुख्यालयलाई चिठी पठाउनु नेपालकै बेइज्जत

विराटनगर, २९ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले चिठी पठाउनु नेपालकै बेइज्जत भएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

केही दिन अघिमात्र एमसीसी मुख्यालयलाई पठाएको प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षसहितको चिठी सार्बजनिक भएको थियो ।

उनले प्रचण्डप्रति संकेत गर्दै जनता, कार्यकर्ता र विदेशीसँग फरक—फरक कुरा गर्ने गरेको आरोप लगाए । ‘सार्बजनिक भएको चिठीले नेपालको बेइज्जत गराउने काम भएको छ’, उनले भने, ‘हिजो चिठी पठाएको हुँदै होइन भन्ने, अहिले चिठी नै बाहिर आएको छ । यसको बारेमा जवाफ दिनुपर्छ कि पर्दैन ?’

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमसीसी हाल गठबन्धनमा आवद्ध दलहरूले नै सम्झौता गरेको बताउँदै सरकार अविछिन्न उत्तराधीकारी रहेको संस्था भएकाले त्यसलाई एमाले नेतृत्त्वको सरकारले संसदमा टेबुल गराएको स्पष्ट पारे ।

नेता पोखरेलले एमसीसीको विषयमा पहिले सत्तापक्षको पोजिसन क्लियर हुनुपर्ने समेत बताए । ‘एमसीसीको प्रारम्भ नेपालको तर्फबाट नै भएको हो । सरकार अविछिन्न उत्ताराधिकारवाला संस्था भएकाले हामीले टेबुल गरेको मात्र हो’, उनले भने, ‘हिजो सम्झौता गर्नेहरू नै अहिले गठबन्धन सरकारमा हुनुहुन्छ । गठबन्धनको बहुमत पनि छ । त्यसैले यसको पोजिसन क्लियर गर्नुपर्र्छ । जनतासँग एउटा कुरा, कार्यकर्तासँग एउटा कुरा, विदेशीसँग एउटा कुरा गर्नु हामी उचित ठान्दैनौँ ।’

उनले पहिले सत्तापक्षले पोजिसन बनाएपछि मात्र एमालेले पनि आफ्नो पोजिसन क्लियर पार्ने बताए । ‘राष्ट्रिय मुद्दामा सत्तापक्षको पोजिसन औपचारिकरुपमा ल्याउनुपर्छ । गठबन्धन भन्ने अनि पोजिसन बनाउन नसक्ने के हो ? शेरबहादुर जीको कुरा बुझ्ने कि, प्रचण्डको बुझ्ने कि माधव नेपालको कुरा बुझने ?’, पोखरेलले भने, ‘हामी देशको अहित हुनेकुरा कहिल्यै पनि गर्दैनौँ । हिजो कसको नेतृत्त्वको सरकारका बेला सम्झौता भएको हो ? त्यसको हिसाब किताब हुनुपर्छ कि पर्दैन ? संसदमा ल्याउँदाखेरी कसरी प्रस्तुत हुनुपर्छ, हामी जान्दछौँ ।’

उनले एमाले नेतृत्वको सरकार ढाल्न आपराधिक मानसिकताबाट गठबन्धन बनेको आरोप लगाउँदै अहिले त्यसको परिणाम प्रकट भइरहेको दाबी गरे । ‘गठबन्धनमा पनि रहने, सरकारमा पनि रहने, आन्दोलन पनि गर्छु भन्ने तमासा हेरौँ न’, पोखरेलले भने, ‘केपी ओलीको सरकार ढाल्ने आपराधिक मानसिकताबाट बनेको गठबन्धन हो । त्यसकारण त्यसको परिणामहरू क्रमशः प्रकट भइरहेको छ ।’

 

सम्बन्धित समाचार

राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।...

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,  ८ असोज-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।  कपिलवस्तु बुद्धभुमि...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

प्रदेश १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

विराटनगर, बैशाख १९–प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने...

मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ...

विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्