काठमाडौं, २८ माघ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने घमाइलाे रहने छन् ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाकाे सम्भावना छ । प्रदेशका उच्च पहाडी तथा हिमाली केही स्थानमा हिमपात हुन सक्ने महाशाखाकाे अनुमान छ । बिहान तराई मधेसमा कुहिरो लागे पनि मध्यान्हसम्म घाम लाग्ने जनाइएको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अहिलेकाे माैसममा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।