शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन : एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी

 न्यूज विराट
शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन : एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी

काठमाडौं, माघ २७ । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गर्नुभएको छ। साथै उहाँले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिनुभएको छ ।

एमसीसी सम्झौता लामो समयदेखि प्रतिनिधिसभामा विचाराधीन छ । पछिल्लो पटक भने ६ फेब्रुअरी (२३ माघ) मा मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर एमसीसीबारे निर्णय गर्न २८ फेब्रुअरी (१६ फागुन) को म्याद दिएको छ । १३ असोजमा देउवा र प्रचण्डले एमसीसी अनुमोदनका लागि वातावरण बनाउन ४ र ५ महिना समय मागेर एमसीसीलाई पत्र पठाएका थिए । तर सत्तारुढ गठबन्धनमै एमसीसीबारे साझा धारणा बन्न सकेको छैन । प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रयास गरेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन ।नेपाली कांग्रेसका सभापति देउवाले प्रमुख विपक्षी नेकपा एमालेको सहयोग खोज्नु भएको छ । तर एमालेले पनि संसदमा टेबल भएर सत्तारुढ गठबन्धनको धारणा नआएसम्म नबोल्ने बताएको छ ।दलहरुबीच सहमति नजुटेकै कारण प्रतिनिधिसभाको बैठक पनि पटकपटक सूचना टाँसेर स्थगित गरिएको छ ।

२ फागुनका लागि बोलाइएको संसद बैठक पनि फेरि स्थगित गर्ने तयारी छ । एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकेपछि बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गर्नुभएको हो ।लूले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्वाद गर्नुभएको हो ।

सहायक विदेशमन्त्री लू र प्रचण्डबीच फोनवार्ता भएको माओवादी एक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार सम्वादका क्रममा लूले एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने बताउनुभएको छ। उहाँले भन्नुभयो , ‘अब तपाईंहरुले निर्णय गर्नुपर्छ ।’नेताहरुका अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाव दिने क्रममा अमेरिकी अधिकारीहरुले यसअघि चिनियाँ हस्तक्षेप भनेर बुझ्नेदेखि नाकाबन्दी लगाउनेसम्मको धम्की दिने गरेका थिए । यसपटक सहायकमन्त्री लूले पनि धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको छ ।उहाँले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिनुभएको छ । ‘हाम्रो अनुदान सहयोग पनि चीनले हस्तक्षेप गरेर स्थगित ग¥यो भनेर बुझ्छौं भनेर उहाँले भन्नुभयो,’ स्रोत भन्यो ।

सम्बन्धित समाचार

कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको...

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

चौतर्फी दबावपछि सिटीलाई लगाएको निर्णायबाट पछि हट्यो ट्राफिक , विराटनगरको मुख्य राजमार्गमा सिटी चलाउन पाउने

विराटनगर । जिल्ला ट्राफिक प्रहरीले कार्यालय मोरङले विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक गर्ने निर्णाय चौतर्फी दबावपछि फिर्ता लिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार बसेको सर्बपक्षीय बैठकपछि मुख्य राजमार्गमा सिटी सफारी चलाउन...

प्रदेश १ मा शनिबार सम्म ८ सय ९७ जनाको कोरोना परिक्षण, १२ जनामा पोजेटिभ

विराटनगर, बैशाख ६–प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक...

श्रमिकको पारिश्रमिक बढाउन माग, नबढाए आन्दोलनमा उत्रिने जेटियुसीसीको चेतवनी

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार...

देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निशुल्क सिमकार्ड वितरण गरिने

विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्