कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

 न्यूज विराट
कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिनुभयो ।

बिहीवारको बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एमसीसीबारे प्रष्ट पार्न पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई आग्रह गर्नुभएको थियो । महतले एमसीसी राम्रो अनुदान भएकोले गुमाउन नहुने धारणा राख्नुभएको थियो । देउवाले सरकार एमसीसी अनुमोदनको पक्षमा रहेको बताउनुभएको थियो । ‘एमसीसी विद्युत र बाटोको लागि हो भनेर जनमानसमा भन्नुपर्छ र अनुमोदन गर्नुपर्छ भन्ने निश्कर्ष छ,’ कोइरालाले भन्नुभयो ।

उहाँले गठबन्धन टुट्ने या कायम रहने भन्दापनि एमसीसी पारित गर्नुपर्ने कुरा उठेको बताउनुभयो । पूर्व महामन्त्री कोइरालाले स्थानीय तह चुनावमा कांग्रेस एक्लै लड्नु पर्ने बताउनुभएको थियो ।

‘गठबन्धनको विषयमा मैले कुरा राखे, हामीले आफ्नो अस्तित्व जोगाउनु पर्छ भन्ने कुरा गरे । मेरो कुरामा धेरैको सहमति छ,’ कोइरालाले भन्नुभयो ।बैठकमा स्थानीय तहको चुनाव, भातृ संगठनको अधिवेशन लगायतको विषयमा कुरा भएको थियो । केही भातृ संगठनको अधिवेशन स्थानीय तहको चुनाव अगावै गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

४ जनालाई कोरोना देखिएपछि जगदम्बा इन्टरप्राइजेजमा सिल

पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, १-वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नयाँ वर्ष २०७७ सालको...

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

युवा पुस्ताले संस्कृतीको जगेर्ना गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले...

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्