पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

 न्यूज विराट
पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा आज जारी सूचनामा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना संक्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

सुनसरीमा सिसौको रुख ढलेर किच्दा स्कुटी चालकको मृत्यु

विराटनगर, ९ साउन । सुनसरीको बराहक्षेत्र  नगरपालिका  ९  कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे...

सुनवर्षीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको...

मोरङ ५ मा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधी सभा सदस्यी पदमा नेकपा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी परेको छ । मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी...

बझाङमा पहिरोले १७ घर बगायो

काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो । बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले...

प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

जनकपुर, पुस २२ । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा...

करिब १ करोडको सुनसहित तीन जना पक्राउ

काठमाडौं, माघ २९–प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । पक्राउ...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्