काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् ।
सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले अब स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका पनि हटेको दाबी गरेका छन् ।
संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहने महामन्त्री थापाको भनाइ छ ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ । स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’, गगनले सामाजिक सञ्जालमा मंगलबार बिहान लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ–संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’
पाँच दलीय सत्ता गठबन्धका नेताहरूबीच स्थानीय तहकाे निर्वाचन कहिले गर्ने भन्नेमा ठूलाे मतभेद थियाे । खासगरी माओवादी र एकीकृत समाजवादीले वैशाखमा निर्वाचन गर्दा कानुनी जटिलता आउन सक्ने जिकिर गर्दै चुनावकाे मिति धकेल्ने प्रयास गरेका थिए । तर मंगलबार सरकारले ३० वैशाखमा चुनाव गर्ने घाेषणा गरेसँगै प्रमुख राजनीतिक दलले स्वागत गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् ।