मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

 न्यूज विराट
मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको मोरङ प्रहरीले सोही घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिकाका–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहम्मद शुभाम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

शुक्रबार मोरङ प्रहरीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न आरोपमा मोरङको जहदा गाउँपालिका–४ शिसवनीका २९ वर्षीय  अमित साह भनिने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम र सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडाैं बल्खु बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डललाई सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

श्रम मन्त्रीलाई स्वास्थ्यकर्मी र कर्मचारीको ध्यानाकर्षण

पोखरा, १० असार-निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या श्रम मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोली मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा बसेर...

कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो । विपक्षी भक्स पार्टीले देशका...

नयाँ स्थानमा विराटनगरको गुद्री बजार सञ्चालन

विराटनगर, चैत २३–विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आइतबारदेखि देखि पूर्ण रुपमा खाली भएको छ । गुद्री बजारलाई विराटनगर महानगपालिकाले तीन महिना अगावै देखि खाली गर्न गरेको प्रयासलाई गुद्री बजार सञ्चालकहरुले बेवास्ता गर्दै आएका थिए...

रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण...

पक्राउ परेको १८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा, बुधबारको आमहड्ताल फिर्ता

विराटनगर । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्