विराटनगरस्थित नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह

 न्यूज विराट
विराटनगरस्थित नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह

विराटनगर, ९ माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पत्राचार गर्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् । एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरुसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी लिएको विषयमा अनुसन्धान गरि कानुन बमोजिम कारबाही प्रकृया समेत अघि बढीसकेकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न प्रजिअ दाहालले आग्रह गरेका हुन् ।

लामो समयदेखि अतिरिक्त शुल्क फिर्ता लिन माग गर्दै नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र विद्यार्थी संगठनहरु कलेजविरुद्ध आन्दोलित छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप, फाइनल यात्राको लागि आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

डब्लुएचओले दियो अस्ट्राजेनिकाको खोपलाई मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

विराटनगर, जेठ ९–प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण...

प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध पुर्‍याएका थिए । एमालेको अवरोधका बीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट...

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

जनकपुर, ४ साउन-प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप ४ महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका...

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

मोरङ, २५ असोज-प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्