रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

 न्यूज विराट
रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो १२ बजेतिर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएका प्रहरी जवान अण प्रसाद कोइरालाले राईलाई घरबाटै पक्राउ गरेका हुन् । प्रहरी जवान कोइरालाले गोप्य सूचनाका आधारमा खान तलासी गर्दा घरमै उक्त परिमाणको गाँजासहित राईलाई पक्राउ गरेका थिए ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको र आइतबार म्याद थपका लागि जिल्ला अदालत लगिने प्रहरीले जनाएको छ । प्रहरी जवान कोइरालाको सकृयताका कारण पछिल्लो समय सो क्षेत्रबाट लागुऔषध ओसारपसार र कारोबारमा संलग्ग व्यक्तिहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

केही दिन अघि पनि प्रहरी जवान कोइरालाले रतुवामाईबाटै ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई पक्राउ गरेका थिए ।

सम्बन्धित समाचार

सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान

विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

मोरङको जहदामा रक्सीले मातेका व्यक्तिले गरे श्रीमतीको हत्या

विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

काठमाडौं, ११ जेठ-कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

धनगढीमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिए

कैलालीको धनगढीमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित बिरामी भेटिएका छन् ।सेती प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीय एक नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले...

पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो...

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्