थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, काठमाडौंमा ४६६६, ललितपुरमा १०१९ र भक्तपुरमा ५७८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सकिएको छ । याे मुद्दामा मंगलबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। साेमबार पनि निवेदकतर्फका कानुन...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं, ३ असार-बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्